: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


महायज्ञबाट ४३ लाख सहयोग संकलन

समाज 168 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ३१ चैत्रः मकवानपुरगढी गाउँपालिका–२ कुर्लेदमारमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञबाट ४३ लाख ३ हजार रुपैयाँ सहयोग संकलन भएको छ । बुधबारसम्म सञ्चालन भएको महायज्ञ कुर्लेदमारमा रहेको वंशगोपाल माध्यामिक विद्यालयमा कृषि प्राविधिक शिक्षा पठनपाठन गर्न, जग्गा खरिद तथा विद्यालयको भौतिक पूर्वाधार निर्माणार्थ महायज्ञ आयोजना गरिएको हो ।




विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मूलआयोजक समारोह समिति संयोजक रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । गृहराज्यमन्त्री बानियाँले विश्वकै पुरानो धर्म हिन्दु धर्मलाई लिईने बताउँदै सनातन धर्मलाई कायम राख्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले धर्मलाई साझा थलोको रुपमा बुझ्न पनि सबैलाई आग्रह गर्नुभएको थियो । सोही अवसरमा गृहराज्यमन्त्री बानियाँले ५५ हजार ५ सय रुपैयाँ सहयोग पनि गर्नुभएको छ । यस्तै रोहनी हाउजिङ प्रालिले पनि ५५ हजार ५ सय रुपैयाँ महायज्ञमा सहयोग गरेको छ । महायज्ञ चैत्र २३ गतेदेखि चलेको थियो । केहि स्थानहरुबाट सहयोगहरु आउन बाँकी रहेकाले महायज्ञको सम्पूर्ण आयव्यय बैशाख १० गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रचारप्रसार समिति संयोजक सन्देश तुम्सिङ मगरले जानकारी दिनुभयो जानकारी दिनुभएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970675 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top