+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

जिम्मेवारी लिन स्थानीय तहलाई आग्रह



स्थानीय तह   3 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २५ पुसः मकवानपुर जिल्लाको १० वटै स्थानीय तहलाई सरकारी कार्यालयहरुले जिम्मेवारी लिन अनुरोध गरिएको छ । सोमबार जिल्ला समन्वय समितिमा भएको बैठकमा स्थानीय निकायका प्रमुख तथा कार्यकारी अधिकृतहरुलाई कार्यालयहरु स्थानीय तहमा समायोजन भएपछि जिम्मेवारी लिन अनुरोध गरिएको हो ।



कार्यक्रममा १० वटै स्थानीय तहका प्रमुखहरुलाई स्वास्थ्य, शिक्षा, कृषि, पशु र महिला तथा बालबालिका कार्यालयका प्रमुखहरुले अबको जिम्मेवारी स्थानीय तहलाई लिन अनुरोध गरेका थिए । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा. राम प्रकाश प्रधानले कार्यालयले गर्दै आएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै, उहाँले पशुपन्छीको विकासको लागि पशु स्वास्थ्य, पशु आहार, पशुको बजार, प्रजनन्, तालिम गरी ५ वटा कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न स्थानीय तहको भूमिका हुनुपर्ने बताउनुभयो । प्राविधिक रुपमा सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय तहलाई बजेट छुट्याउन अनुरोध गर्नुभएको थियो । यस्तै, कार्यक्रममा जिल्लामा भएका स्वास्थ्य संस्थाहरु स्थानीय तहललाई हस्तान्तरण गरिसकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले अबको जिम्मेवारी स्थानीय तहको रहेको बताउनुभयो । उहाँका अनुसार सबै स्वास्थ्य संस्था हस्तान्तरण गरिएको छ, अब काम गर्ने पालो स्थानीय तहको रहेको छ । मानिस स्वस्थ भएमा मात्र विकास गर्न सकिने भन्दै उहाँले विकासको लागि स्वास्थ्य क्षेत्र महत्वपूर्ण भएको औंल्याउनुभयो ।

शिक्षा कार्यालय पनि स्थानीय तहमा गएको भन्दै आगामी कार्यक्रम तथा नीतिहरु स्थानीय तहबाट निर्माण हुनु पर्ने जिल्ला शिक्षा अधिकारी बद्री नारायण भट्टराईले स्पष्ट पार्नुभयो । उहाँले नीति निर्माण गर्दा समानता अपनाउन समेत आग्रह गर्नुभयो । यस्तै, कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख विष्णु कुमारी लामिछानेले महिला, बालबालिका र वृद्धवृद्धाको क्षेत्रमा स्थानीय तहको भूमिका बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यालयले जिल्लामा ४४ वटा महिला सहकारी संस्था मार्फत् महिला सशक्तीकरण, स्वरोजगार र महिला हिंसा न्यूनीकरणको क्षेत्रमा पनि काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाहरुमा महिला हिंसा निगरानी समूह पनि रहेको बताउनुभयो । कार्यालयले हालसम्म गर्दै आएको कामलाई स्थानीय तहले निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालयबाट विमुख बालबालिका, बालविवाह, यौनजन्य क्रियाकलाप, बालश्रम र अपाङ्गता भएकाहरुको क्षेत्रमा पनि सचेत भएर कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । लागुऔषध र घर छाडेर हिँड्ने बालबालिकाको संख्या बढ्दो रहेको भन्दै उहाँले बालबालिकाको तथ्याङ्क संकलनको लागि पनि बजेट छुट्याउन अनुरोध गर्नुभयो । यस्तै, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले एउटा गाउँपालिकामा कम्तीमा एउटा प्रहरी चौकी आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँमा भएका साना तिना झगडाहरु गाउँपालिकामा नै छलफल गरेर टुङ्गाउन पनि अनुरोध गर्नुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रको सुरक्षाको जिम्मा पनि लिन आग्रह गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खलालको सभाध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भगवति पुडासैनी र गाउँपालिकाका प्रमुख तथा कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top