+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

उपमहानगरको दोस्रो चौमासिक समीक्षा/ दुईतिहाई समय, एकतिहाई खर्च



स्थानीय तह   5 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ३१ चैत्रः हेटौंडा उपमहानगरपालिकाले दोस्रो चौमासिक अवधिको समीक्षा बुधबार गरेको छ । राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थितिमा न्यूनतम् कार्यसम्पादन तथा मूल्यांकन कार्यविधिले अनिवार्य मानेको समीक्षा कार्यक्रम गरेको हो । दोस्रो चौमासिकसम्म आइपुग्दा हेटौंडा उपमहानगरले विकास खर्च भने एक तिहाई मात्रै खर्च गरेको छ । हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कै अनुपस्थितिमा सामाजिक विकास महाशाखाका प्रबन्धक भीम तिमल्सिनाको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो ।

उपमहानगरको दोस्रो चौमासिक समीक्षा/ दुईतिहाई समय, एकतिहाई खर्च



सरकारले खर्च प्रगति बढाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट आर्थिक वर्ष सुरु हुनुभन्दा १५ दिनअघि (जेठ १५ गते) नै सार्वजनिक गरेको थियो । तर, हेटौंडा उपमहानगरपालिकाको खर्च प्रगति भने न्यून छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २१औं नगर परिषद्मार्फत ३४ करोड ५६ लाख रुपैयाँ विकास खर्च विनियोजन गरेको थियो । तर, चालु आर्थिक वर्षमा भएको २२औं नगरपरिषद्ले संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षको विकास खर्च ५६ करोड ९२ लाख रुपैयाँ हुने अनुमान गरेको थियो । भूकम्प प्रभावित जिल्लाका ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पोषण भत्तावापत प्रतिबालबालिका ४ हजार रुपैयाँका दरले अनुदान रकम वितरण गरेसँगै हेटौंडा उपमहानगरपालिकाको विकास खर्चको दर बढेको देखिन्छ । हेटौंडा उपमहानगरका बालबालिकालाई प्रथम चौमासिकमा ४ करोड ७२ लाख रुपैयाँ पोषण भत्ता वितरण गरिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १५ करोड ३२ लाख रुपैयाँ विकास खर्च गरेको हेटौंडा उपमहानगरले दोस्रो चौमासिक अवधिमा ४ करोड ८२ लाख रुपैयाँ मात्रै विकास खर्च गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत विकास खर्च पनि नसकिने नगरपालिकाका अधिकारीको भनाइ छ । नगरपालिकाका कर्मचारीहरु जिम्मेवार नहुनु, जनशक्तिको अभाव हुनु विकास खर्च हुन नसक्नुका प्रमुख कारण हुन् । उपमहानगर एक अधिकारी भन्छन्, ‘काम गर्ने मनस्थितिका कर्मचारीहरुको अभाव छ, भौतिक निर्माणमा प्राविधिक जनशक्तिको अभाव र कामको चाप बढी छ । जसले खर्च बढाउनै सकिन्न ।’ सशर्त अनुदान रकम ५० प्रतिशत पनि खर्च गर्न नसकिने अवस्था रहेको ती अधिकारीको भनाइ छ । चालु आर्थिक वर्षमा नगरपालिकाले शून्य पेश्की नीति लिनु, उपभोक्ता समितिको लागत रकम नगरपालिकाले आफ्नो खातामा जम्मा नगरी उपभोक्ता समितिकै खातामा जम्ममा गरिनुले पनि खर्च केही कम देखिएको ती अधिकारीले स्पष्ट पारे ।

उपमहानपालिकाको चालु खर्च भने ५६ प्रतिशत अर्थात ५ करोड ५५ लाख रुपैयाँ भएको छ । पुँजीगत खर्च अर्थात् विकास खर्च कम हुँदा भौतिक निर्माण, विकास निर्माणका कार्यहरु हुन सक्दैनन् । कर्मचारीकै चासो र सक्रियता अभावमा नगरको विकासमा बाधा पुगिरहेको छ । उपमहानगरको आयमा पनि कमि देखिन्छ । आन्तरिक आय ६८ प्रतिशत रहेको छ । बाह्य आम्दानी भने ३७ प्रतिशत मात्रै छ । उपमहानगरले चालु आर्थिक वर्षमा आन्तरिक आय कुल १२ करोड ६१ लाख रुपैयाँ अनुमान गरेकोमा दोस्रो चौमासिक अवधिसम्ममा ९ करोड ९७ लाख रुपैयाँ आम्दानी भइसकेको छ । बाह्य आम्दानी भने ४० करोड ८० लाख रुपैयाँ अनुमान गरिएकोमा दोस्रो चौमासिक अवधिसम्ममा १५ करोड १९ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ ।

चालु आर्थिक वर्षको विकास बजेट खर्चनुपर्ने मुख्य समयमा सरकारले स्थानीय तहको निर्वाचनको कार्यक्रम राखेकोले खर्चको अनुपात अझै खुम्चन सक्ने अनुमान गर्न सकिन्छ । दोस्रो चौमासिक अवधिको समीक्षामा राजनीतिक दल, सरकारी कर्मचारी, सञ्चारकर्मीले नगरको सरसफाई र विकास निर्माणका कार्यमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमका अध्यक्ष भीमप्रसाद तिमल्सिनाले चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा खर्च बढ्ने दावी गर्नुभयो । आर्थिक वर्षको अन्तिममा विकास निर्माणका काममा हुने खर्चको भुक्तानी वितरण गरिने भएकोले खर्च ह्वात्तै बढेको देखिने तिमल्सिनाले स्पष्ट पार्नुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top