: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह


निर्वाचन सर्ने सोचेकै छैनौंः यादव

स्थानीय तह 54 पटक पढिएको




अमृत चिमरीया हेटौंडा, ३० चैत्रः निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन सर्ने वा सार्ने सोच्दै नसोचेको बताउनुभएको छ । मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै यादवले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको बताउनुभएको छ । राजनीतिक दल र सरकारको पनि सहयोग रहेकोले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ ।


प्रमुख आयुक्त यादवले निर्वाचन आयोग सम्पुर्ण प्रतिबद्धतासहित तीव्र रुपमा मतदान केन्द्र लक्षित रहेको भन्दै ६० जिल्लाको मतदान पत्र छापिसकेको बताउनुभएको छ । उहाँले निर्वाचन दुई चरणमा नहुने स्पष्ट पार्दै आयोगले एकै चरणको निर्वाचनको नै तयारी गरेको बताउनुभएको थियो । निर्वाचन अधिकृत, मतदान शिक्षा स्वयम्सेवक लगायतका विभिन्न तालिमहरु सञ्चालन भइरहेको भन्दै उहाँले सप्तरी जिल्ला बाहेक अन्य जिल्लाहरुको मतदान केन्द्र समेत सिफारिस भइसकेको बताउनुभएको छ । मतदाता नामावली जिल्लागत रुपमा तयार भइरहेकोले नामावली देशभरी कै एकैदिन प्रकाशन हुने बताउनुभयो । सुरक्षाको विषयमा आयोग सजग रहेको भन्दै यादवले व्यवहारिक रुपमा नै लागु हुने गरी सुरक्षाको व्यवस्था मिलाइएको बताउँदै यादवले मतदानको समयमा हुन सक्ने महिला हिंसा पनि रोक्ने तयारी रहेको बताउनुभएको छ ।

मंगलबार हेटौंडामा तालिमरत निर्वाचन अधिकृतहरुलाई निर्देशन दिन आउनुभएका यादवले आफ्ना केहि मागहरु बोकेर चुनावको विरोध गरिरहेका मधेस केन्द्रित दलहरु पनि चुनावमा आउने विश्वास व्यक्त गर्नुभयो । चुनाव चिन्हमा रहेको विवादको विषयमा स्पष्ट पार्नुहुँदै यादवले ऐन अनुसार २०७० सालको संविधानसभाको चुनावमा सहभागीले त्यही चुनाव चिन्ह प्रयोग गर्नुपर्ने अन्यथा स्वतन्त्र रुपमा उठेर स्वतन्त्र चुनाव चिन्ह प्रयोग गर्न पाइने बताउनुभएको छ । उहाँका अनुसार गत संविधान सभाको निर्वाचनमा भएको ५ प्रतिशत बदर मतलाई २ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । मंगलबारबाट मकवानपुर र सर्लाहीका निर्वाचन अधिकृतहरुको तालिम सम्पन्न भएको छ । आज बुधबारबाट धुनषा र महोत्तरीका  ३४ जना निर्वाचन अधिकृतहरुको तालिम हेटौंडामा सुरु हुनेछ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970640 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top