: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह


पशुसेवा नियमनबारे अन्तरक्रिया

स्थानीय तह 33 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २९ चैत्रः जिल्ला पशुसेवा कार्यालय मकवानपुरले पशुसेवा नियमन विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । जिल्लामा रहेका पशुपन्छिसँग सम्बन्धित विभिन्न खाले समस्याका विषयमा सरोकारवालालाई जानकारी गराउने र समाधानका उपाय खोज्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले नेपालमा पशुपंछि सम्बन्धी ऐन नियमहरु बने तापनि विभिन्न कारणले कार्यान्वयनमा आउन नसक्दा समस्या हुने गरेको बताउनुभयो ।


 

स्थानीय निकाय क्रियाशील भएको नपाईएको र उपभोक्तामा चेतनाको कमिका कारण समस्या रहेकोले सबै मिलेर अगाडि बढनु पर्ने बताउनु भयो । पशु पन्छि सम्बन्धी नेपालमा बनेका ऐन नियमको बारेमा जानकारी दिँदै उहाँले मकवानपुरमा अझैपनि पशुसेवा सम्बन्धी ऐन नियमहरुका बारेमा पर्याप्त मात्रामा प्रचारप्रसारको कमि भएकोे बताउनुभयोे । विभिन्न खाले ऐन नियमहरुलाई कार्यान्वयनमा ल्याउन र उपभोक्तालाई स्वस्थ बनाउन हर सम्भव प्रयास गर्नुपर्ने प्रधानको भनाइ छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिनाले अझै पनि उपभोक्तामा चेतनाकै कमि रहेकोले सुधारका लागि सबैभन्दा पहिला जनचेतना नै आवश्यक रहेको बताउनुभयो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदाल, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नयाँ सवुज गण सुपारेटारका उपसेनानी सरोज केसी, सशस्त्र बेश क्याम्प हेटौंडाका बासुदेव सडेक, जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970633 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top