+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

शिक्षामा सबैको पहुँच हुनुपर्छः राष्ट्रपति



शिक्षा   85 पटक पढिएको   मञ्जरी बलामी     
थाहा, २२ माघः राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा सबैको पहुँच पुग्नु पर्ने बताउनुभएको छ । आईतबार मकवानपुरको थाहा नगरस्थित जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्र्दै भण्डारीले यस्तो बताउनुभएको हो ।



विकृति र विसङ्गतिको विरुद्ध प्रशस्त आवाज उठाउने समाजका मिहिनेती र संघर्षशील छवि बनाउन सफल रुपचन्द्र बिष्टले शिक्षामा सर्वसाधारणको पहुँच पु¥याउन गरेको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले रुपचन्द्र विष्टको योगदानलाई जनताले भुल्न नहुने बताउनुभएको थियो । भण्डारीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि मुलुक समृद्धिको दिशामा अघि बढेको समेत बताउनु भएको छ । जनकल्याण माध्यमिक विद्यालयमा वि.सं. २०५९ सालमा एसएसी उत्तीर्ण विद्यार्थीको सहयोगमा निर्माण भएको “स्वर्ण स्मारक स्तम्भ”को अनावरण गर्दै उहाँले थाहा दर्शनमा विष्टको योगदानलाई सम्झनुभएको हो । राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा हालैमात्र निर्माण भएकोे कृषि प्रयोगशालाको अवलोकन गर्दै विद्यालयले निर्माण गरेको प्रयोगशाला मार्फत विद्यालयले सोचे बमोजिमको लाभ लिन सक्ने बताउनुभएको थियो ।

स्वर्ण महोत्सव समारोहमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय झलकचन्द्र विष्टलाई मरणोपरान्त सम्मान तथा पूर्व प्रधानाध्यापकहरुलाई राष्ट्रपति भण्डारीद्वारा सम्मानित गरिएको थियो । स्वर्ण महोत्सव मूलआयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षतमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य विरोध खतिवडा, प्रदेश सभा सांसद कुमारी मुक्तान, थाहानगरपालिकाका प्रमुख लवशेर विष्ट लगायतको आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सवको अवसरमा थाहा नगरपालिकाका विभिन्न विद्यालयहरुले झाँकी तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top