+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

शैक्षिक सत्र २०७३ सकियो/नतीजा र पुरस्कार एकसाथ



शिक्षा   194 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ३१ चैत्रः आज चैत मसान्तको दिन । आज वर्ष २०७३ को अन्तिम दिन मात्रै नभएर शैक्षिक सत्रको पनि अन्तिम दिन हो । शैक्षिक सत्रको अन्तिममा विद्यालयहरुले वार्षिक परीक्षाको नतीजा सार्वजनिक गर्दैछन् । बुधबार हेटौंडा–४, कर्रास्थित श्रमिक माविले विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको छ । कक्षा ८ र १० बाहेक अन्य कक्षाको नतिजा अभिभावक र विद्यार्थीको उपस्थितिमा सार्वजनिक गरिएको छ । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको अध्यक्षतामा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । विद्यालयले नतिजासँगै कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ ।





 

विद्यार्थीलाई प्रोत्साहन समेत गर्ने गरी विद्यालयले नतिजा र पुरस्कार एकसाथ प्रदान गरेको हो । यस वर्ष विद्यालयले नतिजा सार्वजनिक गर्ने क्रममा अभिभावकलाई पनि उपस्थित हुन जानकारी गराएको थियो । विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजाल, सदस्यहरु चन्द्रकान्ता श्रेष्ठ, चण्डिका कार्की, शिक्षक–अभिभावक संघका अध्यक्ष सुरेश श्रेष्ठ, प्रधानाध्यापक चतुर्भुज उपाध्यायले पुरस्कार वितरण गर्नुभएको थियो । अधिकांश अभिभावकको उपस्थितिमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेपछि विद्यालयले कक्षागत रुपमा फरक फरक रुपमा नतिजा सार्वजनिक गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको भूमिका रहने भन्दै अध्यक्ष रिजालले अभिभावकलाई बेला बेलामा विद्यालयमा उपस्थित भई आफ्ना बालबालिकाको शैक्षिक अवस्थाका बारेमा शिक्षक, शिक्षिकाहरुसँग बुझ्न आग्रह गर्नुभयो । विद्यालयमा शिक्षकहरुलाई प्रोत्साहन गर्न पनि अभिभावकले ध्यान दिनुपर्ने अध्यक्ष रिजालको धारणा थियो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सुरेश श्रेष्ठले नगरकै कमजोर विद्यालयको रुपमा रहेको श्रमिक माविको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावकको सहकार्य जरुरी रहेको र विद्यालय प्रशासनले अभिभावकको उपस्थितिमा नतिजा सार्वजनिक गर्दै पुरस्कार समेत वितरण गर्ने कार्य सराहनीय भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिकी सदस्य चन्द्रकान्ता श्रेष्ठले विद्यार्थीको नियमित पठनपाठनसँगै उनीहरुलाई घर, परिवारमा संस्कार पनि सिकाउन अभिभावकलाई आग्रह गर्नुभयो । प्रधानाध्यापक चतुर्भुज उपाध्यायले वार्षिक परीक्षाको नतीजाका आधारमा अभिभावकले आफ्ना बालबालिकालाई नयाँ शैक्षिकसत्रमा सुधारिएर पठनपाठनको वातावरण बनाउन आग्रह गर्नुभयो । श्रमिक माविबाट कक्षा १ देखि १० सम्म शैक्षिकसत्र २०७३ मा २ सय ८१ विद्यार्थीले परीक्षा दिएका छन् । 









सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top