+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
शिक्षा

अंग्रेजी विषय शिक्षकको कार्यशाला



शिक्षा   3 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, २७ चैत्रः बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलले अंग्रेजी विषयका शिक्षकहरुको क्षमता विकासका लागि दुईदिने कार्यशालाको आयोजना गरेको छ । शनिबार सुरु भएको कार्यशाला आज आइतबारसम्म चल्नेछ । शनिबार एक समारोहका बीच कार्यशालाको उद्घाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको अध्यक्षता एवम् मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।




उद्घाटनको अवसरमा प्रमुख अतिथि घिमिरेले कार्यशालामा सहभागी हुँदा शिक्षकहरुले आफ्नो क्षमता विकास गर्ने अवसर पाउने उल्लेख गर्नुहुँदै आफूले सिकेका सीप कक्षामा प्रस्तुत गर्दै कक्षाकोठाको अध्ययन, अध्यापनको वातावरण निर्माण गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । प्रशिक्षक हेमन्त राज दाहालले कार्यशालामा शिक्षकको क्षमता विकास गर्ने भनिए पनि शिक्षकमार्फत विद्यार्थीमा सिकाई उपलब्धी बढाउनु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विद्यार्थीले सिक्न सकेनन्, सिकेका कुरा व्यवहारमा उतार्न सकेनन् भने शिक्ष्ँकको औचित्य नै नरहने पनि स्पष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाले कार्यशालामा प्रशिक्ष्ँकहरुबाट प्रसस्त ज्ञान हासिल गरी आगामी शैक्षिक सत्रमा गुणस्तरीय शिक्ष्ाँ प्रदान गर्न सिकेका ज्ञानलाई उपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले कार्यशालामा सहभागी शिक्षकहरुको क्षमता विकास भई कक्षाकोठामा पठनपाठनको उचित वातावरण विकास गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक अन्तर्राष्ट्रियस्तरको हुनुहुन्छ । इंग्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) केन्द्रीय समितिको दुई कार्यकाल अध्यक्ष भइसक्नुभएका हेमन्त राज दाहालसँगै अर्का राष्ट्रिय प्रशिक्षक विनोद सिंह धामीले पनि कार्यशालामा सहजीकरण गर्नुहुनेछ । शनिबारको उद्घाटन कार्यक्रममा नेल्टा मकवानपुरका अध्यक्ष गणेश हुमागाईको पनि उपस्थिति रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top